नेपालको सम्भावित प्लेईङ-११

0
176

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको स्कटल्याण्ड सिरिजमा नेपालले आज आईतबार आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्याण्डसँग खेल्दैछ ।

नेपाल र घरेलु टोलीबीचको खेल दिउँसो नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।दुवै टोलीको यस सिरिजमा यो चौथो तथा अन्तिम खेल हो । पहिलो र तेस्रो खेलमा आयोजक स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो ।दोस्रो खेलमा भने नेपालले पराजित गरेको थियो । नेपाल भने तिन खेलमा एकमा मात्र विजयी भएको छ । जितका साथ नेपाल यस सिरिजको अन्त्य गर्न चाहान्छ ।

स्कटल्याण्डविरुद्ध मैदान उत्रदा नेपाल जितको खोजिमा हुनेछ । त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ ।स्कटल्याण्डसँगको खेलको प्लेईङ-११ मा एक खेलाडी परिवर्तनको सम्भावना रहेको छ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

नेपालले ओपनरका रुपमा आसिफ शेख र कुशल भुर्तेलको जोडीलाई नै निरन्तरता दिने सम्भावना रहेको छ । तीन नम्बरमा देव खनालले निरन्तरता पाउने सम्भावना छ । खनालले आफ्नो स्ट्राईक रेटमा ध्यान दिन जरुरी रहेको छ ।चौथो र पाँचौ स्थानमा दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले स्थान बनाउने छन् । ऐरी तथा उपकप्तान पौडेलबाट नेपालको मध्यक्रमको ब्याटिङ मजबुत हुने अपेक्षा रहेको छ ।

आरिफ शेख छैटौं स्थानमा रहँदा सातौं नम्बरमा विस्फोटक ब्याटर आदिल आलमको सम्भावना रहेको छ ।आठौं र नवौं स्थानमा तिव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामी रहने छन् । करणलाई नामिबियाविरुद्धको खेलमा आराम दिईको थियो । आजको खेलमा पवन सरार्फको स्थानमा करण केसी टिममा फर्कने छन् ।दशौं र एघारौं नम्बरमा बसिर अहमद र सन्दीप लामिछाने रहने छन् ।

नेपालको सम्भावित प्लेईङ-११

आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,देव खनाल,दिपेन्द्र सिंह ऐरी,रोहित पौडेल,आरिफ शेख,आदिल आलम,करण केसी,सोमपाल कामी,बसिर अहमद र सन्दीप लामिछाने(कप्तान)

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi