नेपालद्वारा भुटान ८ विकेटले पराजित

0
76

काठमाडौं । युएईमा जारी महिला टि-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ।
नेपालले टस हारेर बलिङको निम्ता पाएकोमा भुटान निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा ६१ रन बनाई नेपालले ६२ रनको लक्ष्य पाएको थियो।

६२ रनको लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि ईन्दु बर्माले अविजित १८ रन बनाईन् सिता राना मगरले १७ रन बनाईन् भने कप्तान रुबिना क्षेत्रीले १० रन बनाईन्।

तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर रहेको भुटानले पहिलो खेलमा सोमबार कुबेतलाई फराकिलो अन्तरमा पराजित गरि उच्च मनोबलका साथ नेपाल विरुद्ध मैदान उत्रदै गर्दा सोमबार नै भएको खेलमा हगंकगंसॅंग पराजित नेपाल भने फराकिलो जित हात पार्न चाहान्छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

भुटानसॅंगको खेल दुबई स्थित आईसिसि एकेडेमि मैदानमा हुने यस खेल नेपालको लागि महत्वपुर्ण रहेको छ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हङकङ, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

गत साता कतारसंग तिनवटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज खेलेको नेपाली महिला क्रिकेट टिमले त्यस अघि दुई वर्ष अघि मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो। कमजोर कतारलाई नेपालले तिन वटै खेलमा पराजित गर्न ठूलो कसरत गर्नु परेन।

प्रतियोगिताको खेल तालिका अनुसार नेपालले तेश्रो खेल नोभेम्बर २५ तारिखमा कुवेतसंग आईसीसी एकेडेमी मैदान ( १ ) मा, चौंथो खेल मलेसियासंग सोहि मैदानमा नोभेम्बर २६ तारिखमा तथा पाँचौ खेल नोभेम्बर २८ तारिखमा आईसीसी एकेडेमी मैदान ( २ ) मा युएईसंग खेल्नेछ।

नेपाली टिम
रुबिना क्षेत्री ( कप्तान ) , डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे ( विकेटकिपर ) , सरस्वति चौधरी, काजल श्रेष्ठ ( विकेटकिपर ), सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई , प्रशिक्षक : जगत टमाटा

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi