नेपालले आज बंगलादेश र श्रीलंकासॅंग खेल्दै

0
113

काठमाडौं । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गतको तेस्रो दिन आज पनि नेपालको महिला र पुरुष टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालको महिला टोलीले आज आयोजक बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल बिहान ९:१५ बजे सुरु हुनेछ ।
साविक विजेता समेत रहेको महिला टोली आज लगातार तेस्रो जितका साथ फाईनलमा स्थान बनाउन चाहान्छ । पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ सेटमा हराएको थियो ।दोस्रो खेलमा माल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो ।

यस्तै पुरुष टोलीले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल दिउसो ५:४५ बजे सुरु हुनेछ ।

नेपाली टोली दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सेटमा पराजित भए पनि दोस्रो खेलमा उज्वेकिस्तानलाई उत्कृष्ट पुनरागमन गर्दै ३-१ को सेटमा हराएको थियो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ ।पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi