नेपालले बलियो टिम ओमानसॅंग खेल्ने

0
156

काठमाडौं । साफ च्याम्पियनसिप तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार हाल कतारमा रहेको नेपाली टोलीले कतारमै ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ।

नेपाल र ओमानबीचको खेल आगामी आइतबार कतार युनिभर्सिटी खेल मैदानमा हुनेछ। साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल्न लागेको हो।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा नेपालले एक खेल बराबरी र अर्को खेल हारमा टुङ्गाएको थियो।
नेपाली टोली कतारबाटै साफमा सहभागी हुनका लागि माल्दिभ्स जानेछन्।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म चल्नेछ। नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ गते खेल्नेछ।

नेपालले तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा खेल्नेछ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन्।

यस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन टोली माल्दिभ्स रहेको छ।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi