नेपाल ओमानसँग पराजित

0
102

काठमाडौ।ओपनर जतिन्दर सिंहले शतक प्रहार गरेपछि आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ।

नेपालले दिएको १ सय ९७ रनको मध्यम लक्ष्य ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
ओमानका जतिन्दर सिंहले ६२ बलमा १२ चौका र ६ छक्का सहित सर्वाधिक १ सय ७ रनको शतकीय इनिङ खेले।योसँगै जतिन्दर सिंह ओमानबाट एकदिवसीय क्रीकेटमा कम बलमा शतक प्रहार गर्ने खेलाडी बनेका छन।उनले ६० बलमा शतक प्रहार गरेका थिए।मोहम्मद नदिम ६५ बलमा २ चौका र १ छक्का सहित ३८ रनमा अविजित रहे । 

बलिङतर्फ नेपालका कुशल मल्लले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । करण केसीले ५ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । सुशान भारीको नाममा एक विकेट रह्यो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो । नेपालका लागि आसिफले १ सय १२ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ९० रनको योगदान दिए । आसिफ बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र करन केसीले २१/२१,रोहित पौडेलले २० तथा सन्दीप लामिछानेले १६ रन जोडे।

बलर बिलाल खानले १० ओभरमा १ मेडन सहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नेस्टर धम्बाले दुई र मोहम्मद नदीम र कप्तान जिशान मकसुदले एक एक विकेट लिए । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेलमा भदौ १७ मा अमेरिकासँग खेल्ने छ । 

विश्वकप लिग-२ मा नेपाल ६ अंकसहित छैटौं स्थानमा छ । १० खेलमा १६ अंक जोडेको घरेलु टोली ओमान शीर्ष स्थानमा छ । 

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi