नेपाल किर्गिस्तान यु-२३ टोलीसँग बराबरीमा रोकियो

0
299

काठमाडौ।थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा नेपाल किर्गिस्तानको यु१९ टोलीसँग बराबरीमा रोकिएको छ।बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल १० खेलाडीमा सीमीत किर्गिस्तानको यु-२३ टोलीसँग बराबरीमा रोकिएको हो।

नेपालले घरेलु मैदानमा भएको खेलमा गोल गर्ने अवसर धेरै पाउँदा पनि सदुपयोग गर्न सकेन।अन्जन विष्टले आधा दर्जन अवसर खेर फालेका थिए।नेपालले सुरुवातदेखी अन्तिमसम्म नै गोलको अवसर पाएको थियो।तर नेपाल फिनिसिङमा चुक्दा गोलरहित बराबरीमा रोकिएको हो।

खेलको चौथो मिनेटमा नै तेज तामाङको क्रसमा अञ्जन विष्टले डिबक्स भित्रबाट गरेको हेडरको प्रयास फ्रेमको नजिकबाट बाहिरीयो ।आठौं मिनेटमा सञ्जोग राईको कर्नरमा दिनेश राजवंशीले डिबक्समा खालि पोजिसनमा रहेको अवस्थामा बललाई कनेक्ट गर्न सकेनन् ।
१० औं मिनेटमा रोहित चन्दको कर्नरमा अनन्त तामाङको हेड फ्रेमको नजिकैबाट बाहिरीयो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

१४ औं मिनेटमा अञ्जन विष्टको डिबक्स भित्रबाट गरेको प्रहार पोलमा लागेर फर्किन पुग्यो । जसका कारण नेपाली दर्शक चुकचुकाउन पुगे ।२२ औं मिनेटमा अञ्जन विष्टले डिबक्स भित्रबाट गरेको प्रहार हावामा बाहिरीयो । २९ औं मिनेटमा सञ्जोक राईले डिबक्समा मिलाएको बललाई अभिशेख रिजालको उत्कृष्ट प्रहार बाहिरीन पुग्यो ।३१ औं मिनेटमा रजिन धिमालको फ्रिकिकमा अञ्जन विष्टको हेडर किर्गिज टिमका गोलकिपरले बचाए । ३४ औं मिनेटमा रवि पासवानको क्रसमा अञ्जन विष्टले गरेको प्रहार फ्रेमको नजिकैबाट बाहिरीयो ।

५३औं मिनेटमा फ्रिकिकबाट आएको बललाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले सहजै नियन्त्रणमा लिए । ६३औं मिनेटमा रन्जित धिमालको फ्रिकिकमा अन्जन विष्टको हेडर पोस्टनजिकैबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । लगत्तै रन्जितकै फ्रिकिकमा अन्जनको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ६६औं मिनेटमा दिनेश राजवंशीको क्रसमा अन्जनलेको हेडर सदुपयोग हुन सकेन ।

६६औं मिनेटमा किर्गिस्तान १० खेलाडीमा समेटियो । अभिषेक रिजाललाई लडाएपछि रेफ्री क्रिस्टल जोनले कप्तान तासिभ कामोलिदिनलाई दोहोरो पहेलो कार्ड देखाउदै मैदान बाहिर पठाए । ७३औं मिनेटमा रोहित चन्दको ब्याक पासमा तालमेल नमिल्दा गोलरक्षक किरणले गोललाइन नजिकैबाट क्लियर गरे।७५औं मिनेटमा दिनेश राजवंशीको पासमा सुजल श्रेष्ठले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि उनको प्रहार आकासियो । ७९औं मिनेटमा अनन्त तामाङको ओभर हेड किकलाई किर्गिस्तानका गोलरक्षकले असफल पारे।

नेपाल र किर्गिस्तानको बराबरीपछि बंगलादेश १ खेल अगाडि नै फाइनलमा प्रवेश गरेको छ । नेपाल र किर्गिस्तानको समान १ अंक तथा बंगलादेशको ३ अंक छ । अब नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग बराबरीमा रोकिएपनि फाइनल पुग्न पर्याप्त हुनेछ । किर्गिस्तान फाइनल पुग्न नेपाल बंगलादेशसँग पराजित हुनुपर्नेछ । किर्गिस्तान पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

Spread the News
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi