नेपाल फाईनल नजिक यस्तो छ समिकरण

0
181

काठमाडौं। भारतसँग तेस्रो खेलमा आइतबार हारका बाबजुद नेपाल ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । समान ३ खेलमा ६ अंक बोकेको माल्दिभ्स नेपालसँग हेड टु हेड नतिजाका कारण दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानमा ३ खेलमा ५ अंक जोडेको भारत तथा चौथो स्थानमा ३ खेलमा ४ अंक जोडेको बंगलादेश छ । ४ खेलमा १ अंक जोड्दै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ ।

अन्तिम चरणको खेलमा आगामी बुधबार दिउँसो ४:४५ बजे नेपालले बंगलादेशसँग खेल्नेछ । सोही दिन बेलुका ९:४५ बजे माल्दिभ्स र भारत भिड्नेछन् । नेपाललाई लिग चरणको अन्तिम खेलमा आफ्नो खेलको नतिजाले नै फाइनल यात्राको निर्णय हुनेछ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यस्तै बंगलादेशको पनि आफ्नै नतिजाले फाइनल यात्राबारे निर्णय हुनेछ । अर्को खेलमा माल्दिभ्स र भारतबीच पनि जित्ने टोलीले फाइनलमा प्रवेश गर्नेछ ।

एक हिसाबले अन्तिम चरणका दुवै खेल सेमिफाइनलजस्तै हुनेछ, जित्ने टोली फाइनल प्रवेश गर्ने र हार्ने टोली बाहिरिने । माल्दिभ्स र नेपाललाई भने बराबरी गरेपनि फाइनल पुग्ने समीकरण रहेको छ ।

नेपालले अन्तिम खेलमा बंगलादेशसँग बराबरी वा जित हासिल गरे फाइनल प्रवेश गर्नेछ । यता बंगलादेशलाई फाइनल खेल्न जितको विकल्प छैन ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi