नेपाल र ओमानको खेल आज हुदै ; यस्तो छ नेपालको सम्भावना

0
104

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नेपाल ,अमेरिका तथा ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृखंलाको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना नेपाली समयानुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जितको लक्ष्यमा हुनेछ । पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ ।

सोमबार सम्पन्न पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा अमेरिकाले जितका लागि दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा लक्ष्य पूरा गर्यो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

नेपालका लागि कुशल भुर्तेललले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । ९३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।


त्यस्तै ८७ बल खेलेका रोहितले २ चौका र ३ छक्काको सहयोगमा ६२ रन बनाए ।

बलिङतर्फ अमेरिकाका लागि निसागर पटेल र नाठुस कन्जिगेले समान दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन बनायो ।

अमेरिकाका लागि पटेलले शतकीय पारी खेले । ११४ बल खेलेका उनले ९ चौका र १ छक्काको सहयोगमा १०० रन बनाए ।

त्यस्तै निसागर पटेलले २१ रन बनाए । बलिङतर्फ नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र शुशन भारीले समान दुई–दुई विकेट लिए । त्यस्तै कुशल मल्लले एक विकेट लिए ।


तर, बलियो टिम ओमानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । घरेलु टिमले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

लिग-२ विश्वकप छनोटको एक रुप हो । लिग-२ मा कुल ७ देश रहेकामा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् ।

लिग-२ को शीर्ष तीन राष्ट्र जिम्बावेमा हुने एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् ।
लिग-२ को खेलमा यस अघि नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो ।

टियु क्रिकेट मैदानमा २०२० को फेब्रुअरीमा भएको खेलमा नेपाललाई ओमानले १८ रन र ८ विकेटले हराएको थियो ।

ओमान लिग-२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । ओमानले १० खेलमा १६ अंक जोडेको छ ।

नेपाल ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

तस्बिर स्रोत CAN

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi