नेपाल लिग विजेता बन्दै फाइनलमा

0
170

काठमाडौ।नेपाल त्रिकोणात्मक टि२० सिरिजको शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ।बिहीबार भएको खेलमा मलेसियामाथी ६९ रनको फराकिलो जित निकाल्दै लिग विजेताको रुपमा फाइनलमा पुगेको हो।

नेपालले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा सय ४८ रनमा अल आउट भयो । मलेसियाका अमिनुद्दीन राम्लीले १८ बलमा ५ छक्का र १ चौका सहित सर्वाधिक ४१ रन जोडे। कप्तान अहमद फाइजले ३१, विरनदीपसिंहले १३, फ्टिी सामले १४ र मोहम्मद वाफिकले १२ रन बनाए ।

बलिङतर्फ नेपालका कमलसिंह ऐरीले ३.१ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर ३ विकेट लिए । सुसन भारीको नाममा १ विकेट रह्यो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यसअघि टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन जोडेको थियो।यो नेपालको टि२० आईमा दोस्रो उच्च स्कोर हो।यसअघि २०१९ मा नेपालले भुटानबिरुद्व २३६ रन जोडेको थियो।

ब्याटिङतर्फ नेपालका करन केसीले १३ बलमा ७ छक्काको मदतमा ४५ रन जोडे।आशिफ शेखले ३२ बलमा ३ छक्का र ३ चौकाको मदतमा ४२ तथा कप्तान ज्ञानेन्द्र मल्लले २५ बलमा १ चौका र ४ छक्काको मदतमा ४१ रन जोडे।त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३३ र कुशल मल्लले अविजित १९ रन जोडे।बलिङतर्फ मलेसियाका फ्रिटी साम, अनवार रहमान र सैद अजिजले २–२ विकेट लिए ।

Spread the News
  • 108
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi