न्यु डायमण्ड र केल्मि बिचको सम्झौता नविकरण

0
92

काठमाडौं। होंगान्जी न्यु डायमन्ड क्लब र खेलकुद सामग्री कम्पनी केल्मीबीच सम्झौता नविकरण भएको छ ।

गत वर्षबाट सुरु भएको सम्झौतालाई दुवै पक्षले मंगलबार एक कार्यक्रममाझ नविकरण गरेका हुन् । केल्मीको तर्फबाट आधिकारिक विक्रेता कामारु ट्रेडिङका निर्देशक प्रदीप न्यौपाने र न्यु डायमन्डकी अध्यक्ष सुनकेशरी मालीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार केल्मीले न्यु डायमन्डलाई एक वर्षका लागि आवश्यक खेलकुद पोशाक र भलिबल उपलब्ध गराउनेछ । न्यु डायमन्डले वर्षभर सहभागिता जनाउने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा केल्मीको सामग्री प्रयोग गर्नेछ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

न्यु डायमन्डले अर्को साताबाट पोखरामा हुने दोस्रो टाइगर कप भलिबलमा सहभागिता जनाउँदै छ । केल्मीले यसै वर्षदेखि राष्ट्रिय पुरुष तथा महिला भलिबल टोलीलाई समेत प्रायोजन गर्दै आएको छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi