पहिलो दक्षिण एसियाली महिला भलिबल नेपालमा हुने

0
126

काठमाडौं । पहिलो दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने भएको छ।

नेपाल भलिबल एसोसियसनले सन् २०२२ मा पहिलो संस्करणको आयोजना नेपालले गर्ने जनाएको छ ।

नेपाल भलिबल संघले २०२२ मा सो च्याम्पियनसिप हुने भने तापनि मिति भने खुलाएको छैन ।

नेपाली महिला भलिबल टोली अहिले सेन्ट्रल जोन सिनियर महिला तथा पुरुष भलिबलमा बंगलादेशमा रहेको छ ।नेपालको महिला टोली अपराजित रहदै फाइनल पुगेको छ ।

नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग आज खेल्नेछ ।उज्वेकिस्तानले ५ खेलमा ११ अंक जोड्यो ।श्रीलंका र किर्गिस्तानले तेस्रो स्थानमा लागि खेल्ने छन् ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ ।राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi