पाकिस्तानबिरुद्वको टेष्ट सिरिज न्युजिल्यान्डद्वारा क्लिनस्विप

0
375

न्युजिल्यान्डले पाकिस्तानबिरुद्वको टेष्ट सिरिज क्लिनस्विप गरेको छ।दोस्रो टेष्टमा पाकिस्तानलाई एक इनिङ र १७६ रनले पराजित गर्दै न्युजिल्यान्डले टेष्ट सिरिज क्लिनस्विप गरेको हो।

टस जितेर न्युजिल्यान्डले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङमा २९७ रन जोडेको थियो।उसको लागि अजहर अलीले ९३,कप्तान मोहम्मद रिजवानले ६१ र फहीम असरफले ४८ रन जोडेका थिए।त्यस्तै जोफर गोहरले ३४ र आबिद अलीले २५ रन जोडेका थिए।बलिङमा न्युजिल्यान्डका कयल ज्यामिसनले ५,टिम साउथी र ट्रेन्ट बोल्टले २/२ तथा म्याट हेनरीले १ विकेट लिएका थिए।

त्यस्तै न्युजिल्यान्डले पहिलो इनिङमा ६ विकेट गुमाउदै ६५९ रन जोड्दै पारी समाप्तिको घोषणा गरेको थियो।उसको लागि केन विलियम्सनले ३६४ बलमा २८ चौकाको मदतमा २३८,हेनरी निकोलसले २९१ बलमा १ छक्का र १८ चौकाको मदतमा १५७ र ड्यारी मिचेलले ११२ बलमा २ छक्का र ८ चौकाको मदतमा अविजित १०२ रन जोडे।त्यस्तै टम लथमले ३३,कयल ज्यामिसनले अविजित ३० र टम ब्लुन्डेलले १६ रन जोडे।बलिङमा पाकिस्तानका साहिन शाह अफ्रीदी,मोहम्मद अब्बास र फहीम असरफले २/२ विकेट लिए।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

पहिलो इनिङमा ३६२ रनले पछि परेको पाकिस्तान दोस्रो इनिङमा १८६ रनमा अल आउट भएपछि लज्जास्पद हार बेहोरेको हो।उसको लागि जफर गोहर र अहहर अलीले ३७/३७,फहीम असरफले २८ र आबिद अलीले २६ रन जोडे।बलिङमा न्युजिल्यान्डका कयल ज्यामिसनले ६,ट्रेन्ट बोल्टले ३ र कप्तान केन विलियम्सनले १ विकेट लिए।

Spread the News
  • 77
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi