पाकिस्तानलाई एक खेल अगावै टि२० सिरिज

0
95

एजेन्सी।पाहुना टोली पाकिस्तानले एक खेल अगावै बंगलादेश बिरुद्वको टि२० सिरिज जितेको छ।शनिबार भएको दोस्रो टि२० आईमा बंगलादेशलाई ८ विकेटले पराजित गर्दै पाकिस्तानले एक खेल अगावै टि२० सिरिज जितेको हो।

बंगलादेशले दिएको १ सय ९ रनको लक्ष्य पाकिस्तानले १८.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।पाकिस्तानका फखर जमान ५१ बलमा २ चौका र ३ छक्कासहित ५७ रनमा अविजित रहे।मोहम्मद रिजवान ४५ बलमा ४ चौकासहित ३९ रनमा आउट भए

बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमान र अमिनुल इस्लामले एकएक विकेट लिए।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८ रन जोडेको थियो।बंगलादेशका नजमुल होसैन शान्तोले ३४ बलमा ५ चौकासहित सर्वाधिक ४० रनको योगदान दिए।आफिफ होसैन २०,कप्तान महमूदुल्लाह रियाज १२ र नुरुल हसन ११ रनमा आउट भए।

बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदी र शदाब खानले २/२ विकेट लिए।मोहम्मद वासिम,हरिस रौफ र मोहम्मद नवाजको नाममा एकएक विकेट रह्यो।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi