पिएम कप टि-२० राष्ट्रिय क्रीकेट प्रतियोगिता:आज चार खेल हुदै

0
70

काठमाडौं । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि चार खेल हुदैछ ।

प्रतियोगिता अन्तर्गत आज चार खेल हुनेछन् ।टियु क्रिकेट मैदानमा हुने खेलमा सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश न खेल्नेछ ।खेल बिहान ९ बजे सुरु हुनेछ।
त्यसैगरी टियु मैदानमै दोस्रो खेलमा प्रदेश २ र लुम्बिनी प्रदेश बीच हुनेछ । खेल दिउसो १ बजे हुनेछ।

यता मुलपानी क्रिकेट मैदानमा प्रदेश १ र त्रिभुबन आर्मि क्लब बिच पहिलो खेल हुनेछ ।मुलपानीमै दोस्रो खेल नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशबीच हुनेछ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा त्रिभुबन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् ।

समूह ‘बी’ अन्तर्गत नेपाल एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई ओमानमा हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत लिएको छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi