पुरुष भलिबल टिम सार्वजनिक

0
140

काठमाडौं। मंसिर पहिलो साताबाट डच प्रशिक्षक हान एबिङले २० सदस्यीय टोलीसहित प्रशिक्षण सुरु गरेका थिए । गत साता १६ सदस्यीय टोली घोषणा गरिएकोमा अन्तिम टोलीमा ४ खेलाडी परेनन् । स्पाइकरद्वय रविन चन्द र धिरज बस्नेतसँगै मिडल ब्लकर दीपकराज जोशी र लिबेरो इश्वर थापाले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

मानबहादुरले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा बीच भलिबल खेल्दा नेपालमै भएको एभिसी सेन्ट्रल जोनमा टोलीमा समावेश रहेका थिएनन् । त्यसयता घरेलु भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले टोलीमा पुनरागमन गर्न सफल भए । भैरवले आर्मीबाट दोस्रो रोजाइमा रहँदै आएपनि प्रशिक्षणमा राम्रो प्रदर्शन गरेपछि टोलीमा परेका हुन् ।

एभिसी सेन्ट्रल जोन महिला तथा पुरुषको भलिबल च्याम्पियनसिप पुस ६ देखि १४ गते सम्म बंगलादेशको ढाका आयोजना हुँदैछ । नेपाल महिला संस्करणको साविक च्याम्पियन हो । पुरुषतर्फ भने टोली समूह चरणबाट नै बाहिरिएको थियो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

१२ सदस्यीय अन्तिम टोलीः

इम बहादुर राना, हरि हजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, भैरव बम, विशाल विक, सरन सामरी क्षेत्री, विनोद चन्द

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi