पुर्व च्याम्पियनको च्याम्पियन टोलीको चिरफार

0
136

काठमाडौ।मंगलबार मात्रै महिना दिन लामो ओमान भ्रमण सकाएर फर्किएको नेपाली टोलीका सदस्यहरु आगामी ९ गतेबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग(ईपिएल)को अन्तिम तयारीका लागि आ आफ्नो फ्रेन्चाईजी टिमसॅंग जोडिसकेका छन्।
नेपाली क्रिकेटलाई पछ्याउने हरेक व्यक्तिका लागि चौथो संस्करणको ईपिएल पर्खाईको विषय बनेको छ। अन्तराष्ट्रिय क्रिकेटमा नाम कमाएका कयौं नाम यस ईपिएलमा जोडिनु तथा विश्वका १५० देशमा यस लिग प्रत्यक्ष देख्न पाउने व्यवस्थाले यस लिगको पर्खाईलाई अझ जोड दिएको छ।
२०१७ को दोस्रो संस्करणको बिजेता रहेको विराटनगर वारियर्सको गत संस्करणका विर्सन लायक प्रदर्शन रहेकोमा यस संस्करणमा राम्रो प्रदर्शनका साथ उपाधीमा पुनः च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । टोलीले त्यसै अनुसारको टिम पनि तयार गरेको छ । टोली यस संस्करण सधैको संस्करणमा झैं सवल देखिएको छ । टोलीको सवल र दुर्वल पक्षका बारेमा तल चर्चा गरिएको छ ः

सवल पक्ष
यस टोलीको बलियो पक्ष युवा खेलाडी माथीको ठुलो बिश्वास नै हो । यस टोलीमा रहेका सन्दिप रजाली,अनिल खरेल,सौरब खनाल,सोनु देवकोटा,प्रनित जि सी जस्ता खेलाडी रहेका छन् भने अनिल शाह ,आसिफ शेख जस्ता बलिया खेलाडी पनि यस टोलीमा रहेका छन् ।वेस्टईण्डिजका चन्द्रपउल हेमराजले टोलीलाई थप मजबुत बनाएका छन् भने सिकन्दर राजाको अनुभवी मध्यक्रमका रुपमा रहेका छन् ।बिस्फोटक ब्याटिङ गरि टिमका लागि महत्वपुर्ण योगदान दिन सक्षम करण केसी समेत यस टोलिमा रहेका छन् । लेगस्पिनर विक्रम भुसाल पनि मुख्य हतियारका रुपमा रहेका छन् ।

दुर्वल पक्ष
यस टोलीको मुख्य कमजोर पक्ष कप्तानको संकट हो । राष्ट्रिय टोलीका पुर्व कप्तान समेत रहेका पारस खड्का यस संस्करण नखेल्ने निश्कर्षमा पुगे पछि टोली कप्तानको जिम्माको निश्कर्षमा पुग्न सकेको छैन । टोलीले युवा खेलाडीमा बढी बिश्वास देखाउदा टिममा अनुभवको केही कमी देख्न सकिन्छ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

यस टोलीको सम्भावित अन्तिम ११ यसप्रकारको छ
१)आसिफ शेख
२)चन्द्र पाउल हेमराज
३)सौरभ खनाल
४)अनिल शाह
५)दिलशान मुनावरा
६)सिकन्दर राजा
७)सन्दिप रजाली
८)करण केसी
९)रामनरेश गिरी
१०)अनिल खरेल
११)विक्रम भुषाल

टिम यसप्रकार रहेको छ ः

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi