पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन

0
340

काठमाडौ।होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको महिलातर्फको च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो।डायमन्डले पहिलो सेट २२–२५ ले गुमाएको थियो ।उक्त सेटमा डायमन्ड २५–११ ले विजयी भएको थियो । तेस्रो सेट डायमन्डले २५–१९ को सहज जित निकाल्दै उपाधि नजिक पुगेको थियो । चौथो सेट डायमन्डले २१-२५ ले गुमाएको थियो । पाचौ तथा निर्णायक सेटमा पुलिसलाई १५-११ ले पराजित गर्दै डायमन्ड च्याम्पियन बनेको हो।

उपाधिसँगै न्यु डायमन्डले ३ लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको पुलिसले १ लाख ७५ हजार, तेस्रो भएको एपिएफले ७५ हजार तथा चौथो भएको आर्मीले ३७ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ । 

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
  • 648
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi