पुलिस एक खेल अगावै समूह विजेता बन्दै सेमिफाइनलमा

0
54

काठमाडौ।नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि-२० राष्ट्रिय क्रीकेट प्रतियोगिताको समूह ए बाट सेमिफाइनलमा पुगेको छ।शुक्रवार सम्पन्न खेलमा पुलिसले कर्णाली प्रदेशलाई पराजित गर्दै एक खेल अगावै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो।

शुक्रवार त्रिवि क्रीकेट मैदानमा सम्पन्न खेलमा पुलिसले कर्णाली प्रदेशलाई ८९ रनले पराजित गर्यो।टस जितेर ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४४ रनको किर्तिमानी योगफल बनाएको थियो।यो नेपाली राष्ट्रिय र अन्तर्राष्ट्रिय टि २० खेलमा हालसम्मकै उच्च योगफल हो ।पुलिसका ओपनर कुशल भुर्तेलले ३९ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ८२ रनको योगदान दिए।

दिपेन्द्रसिंह ऐरी २८ बलमा ९ चौका र २ छक्कासहित ६२ रनमा आउट भए।पवन सरार्फ १३ बलमा २ चौका र २ छक्कासहित २२ रनमा आउट भए।दीलिप नाथ १० बलमा १ चौका र ३ छक्कासहित ३० रनमा अविजित रहे । आरिफ शेख ९ बलमा २ छक्कासहित १८ रनमा अविजित रहे ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

बलिङतर्फ कर्णालीका कप्तान रविन्द्रजंग शाही, अनुज चनारा र प्रकाश जैशीले २–२ विकेट लिए ।

२ सय ४५ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ५५ रनमा समेटियो।कर्णालीका तल्लोक्रमका ब्याट्सम्यान प्रकाश जैशीले ४७ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिए।कप्तान रविन्द्रजंग शाहीले १७,दिल्वन पुनले अविजित १७ तथा मनिष थापा र दिनेश अधिकारीले १५-१५ रन जोडे।

बलिङतर्फ पुलिसका योगेन्द्रसिंह कार्की र दिपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए।

त्यस्तै शुक्रवार मुलपानी क्रीकेट मैदानमा भएको खेलमा आर्मीले सुदुरपश्चिम प्रदेशमाथी ३ विकेटको रोमाञ्चक जित निकालेको छ।टस हारेर ब्याटिङ थालेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय १५ रन जोडेको थियो।सुदुरपश्चिमका खडक बोहोराले ३७,वसन्त कार्कीले ३४ र अर्जुन साउदले १५ रन जोडे।

बलिङतर्फ आर्मीका बिक्रम सोबले घातक बलिङ गर्ने क्रममा ४ ओभरमा ८ रन खर्चेर ६ विकेट लिए।

१ सय १६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गर्यो।आर्मीका बिक्रम सोब २२ बलमा १ चौका र २ छक्कासहित २९ रनमा अविजित रहे।साहब आलम १२ रनमा अविजित रहे।हरि चौहानले ३३,भिम सार्कीले १३ र कुशल मल्लले एक रन जोडे।

आर्मीलाई अन्तिम ओभरमा ७ रन चाहिएको थियो।पहिलो बलमा बिक्रम सोबले एक रन लिदा दोस्रोमा साहब आलमले २ रन लिए।तेस्रो बलमा साहबले एक रन लिदा चौथोमा सोबले कुनै रन लिन सकेनन।पाचौ बलमा सोबले लेग बाइजको रुपमा एक रन लिएपछि आर्मीलाई एक बलमा २ रन चाहिएको थियो।अन्तिम बलमा साहबले छक्का प्रहार गर्दै आर्मीको जित पक्का गराए।

बलिङतर्फ सुदुरपश्चिमका आदित्य महताले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए।

समूह ए मा पुलिस ३ खेलमा ३ जितसहित ६ अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाउन सफल भयो।पुलिसले अन्तिम खेलमा प्रदेश एकसँग खेल्नेछ।आर्मी ४ खेलमा २ जित र १ हारसहित ५ अंक जोड्दै दोस्रो स्थानमा छ।प्रदेश एक २ खेलमा १ जितसहित पुछारमा छ।प्रदेश एकले सुदूरपश्चिम र पुलिसलाई फराकिलो अन्तरले हराए मात्र सेमिफाइनलमा पुग्नेछ।यदि प्रदेश एक पराजित भएको खन्डमा वा अंक बाडेको खन्डमा भने आर्मी सेमिफाइनलमा पुग्नेछ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi