प्याट्रिक सिकको गोल युरोकपकै उत्कृष्ट गोल घोषित

0
251

एजेन्सी।चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकको गोल युरोपियन च्याम्पियनसिप २०२० को उत्कृष्ट गोल घोषणा भएको छ।समूह चरणमा स्कटल्याण्डबिरुद्व सिकले गरेको गोल युरोकपकै उत्कृष्ट गोल घोषित भएको हो।

युइएफएले बुधबार सामाजिक सन्जालमार्फत सिकको गोलले सर्वाधिक मत पाउदै उत्कृष्ट गोल भएको जनाएको हो।सिकले झन्डै५० मिटर टाढाबाट गरेको प्रहार गोल भएको थियो।सिकले गरेको प्रहार स्कटल्याण्डका गोलकिपर डेभिड मार्सललाई बिट गर्दै गोलमा परिणत भएको थियो।

सिकले युरोकपमा रोनाल्डोसँगै समान ५ गोल गरेका थिए।तर रोनाल्डोले एक असिस्ट पनि दिएकोले सिकलाई पछि पार्दै रोनाल्डोले गोल्डेन बुट जितेका थिए।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi