प्याब्सन कप क्रीकेट : समिक्षा सावनकार चम्किदा शैलेश्वरी स्कुल विजयी

0
180

चैत्र,०६,धनगढी।
धनगढी प्याब्सनको आयोजना तथा धनगढी उपमहानगरपालिकाको संरक्षणमा यहि ३ गतेदेखि धनगढीको संघीय इकाई प्रहरी सेतीको खेलमैदानमा सञ्चालनमा रहेको प्रथम मेयर उपमेयर प्याब्सन कप क्रीकेट प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा शैलेश्वरी स्कुलले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय लिदै मयुर स्कुललाई ब्याटिङको निम्तो दिएको हो।फलस्वरूप, मयुर स्कुलले निर्धारित १५ ओभरमा ७ विकेटको क्षति मात्र ६९ रन बनाउनसक्यो।ब्याटिङतर्फ मयुर स्कुलकी महेश्वरी नायकले २१ बलमा सर्वाधिक १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकिनन।बलिङतर्फ शैलेश्वरी स्कुलकी सरस्वती धामीले ३ ओभरमा १३ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा प्रगति भट्ट २ ओभरमा १२ रन तथा आँचल जोशीले ३ ओभरमा ११ रन खर्चंदै समान २/२ विकेट लिन सफल भइन।
७० रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको सरस्वती स्कुलले निर्धारित १५ ओभरको खेलमा १२.३ ओभर खेल्दै ४ विकेटको क्षति ७० रन बनाउदै रोमाञ्चक ६ विकेटको जित निकाल्न सफल भयो।ब्याटिङतर्फ शैलेश्वरी स्कुलकी समिक्षा सावनकारले २२ बल खेल्दा प्रगति भट्टले २४ बल खेल्दै समान १६/१६ रन बनाउन सफल भइन।बलिङतर्फ मयुर स्कुलकी प्राची शाह ३ ओभरमा १५ रन,आयशा सिंह २.३ ओभरमा ११ रन तथा प्रीयङ्का शर्माले २ ओभरमा १० रन खर्चंदै समान १/१ विकेट लिन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकिनन।
प्रथम मेयर उपमेयर प्याब्सन कप क्रीकेट प्रतियोगिताको चौथो दिनको पहिलो खेल शैलेश्वरी स्कुलले ६ विकेटले जित्न सफल भएको हो।उक्त खेलकि वुमन अफ दी म्याच शैलेश्वरी स्कुलकी समिक्षा सावनकारले नगद एकहजार सहित ट्रफी हात पार्न सफल भइन।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi