प्रतिभा माली र विनित कुमार सर्वोकृष्ट

0
499

काठमाडौ। न्यु डायमन्ड स्पोर्ट्स क्लबकी प्रतिभा माली र हेल्प नेपालका विनित कुमार पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतिभाले महिलातर्फ न्यु डायमन्डलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेकी थिइन।त्यस्तै विनित कुमारले टिप टप हेल्प नेपाललाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निभाएका थिए । सर्वाेत्कृष्ट बनेका प्रतिभा र विनितले समान २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै व्यक्तिगत विधाको पुरुषतर्फ बुलबुले रारा भलिबल क्लबका मुराद जिहान र महिलातर्फ पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर चुनिए । पुरुषतर्फ पुलिसका दीपकराज जोशी र महिलातर्फ पुलिसकै मनिषा चौधरी उत्कृष्ट ब्लकर चुनिए। पुरुषतर्फ टिप टप हेल्प नेपालका विकास कुमार र महिलातर्फ पुलिसकी कमला पुन उत्कृष्ट सेटर चुनिए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

पुरुषतर्फ एपिएफका विनोद चन्द र महिलातर्फ डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो घोषित भए । पुरुषतर्फ बुलबुले राराका घनश्याम चौधरी र महिलातर्फ डायमन्डकी ललितानाथ उत्कृष्ट सर्भर चुनिए । पुरुषतर्फ टिपटप हेल्प नेपालका रमेश केसी र महिलातर्फ न्यु डायमन्डका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान १०–१० हजार रुपैयाँ हात पारे ।

Spread the News
  • 4.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi