प्रदेश एकले पुलिसलाई हरायो

0
79

काठमाडौं । आयोजक प्रदेश एकले पहिलो संस्करणको सगरमाथा कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

आज बुधबारबाट विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा सुरु प्रतियोगिताको पहिलो खेलमा प्रदेश एकले विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गरेको हो ।

मैदान ओसिलो भएका कारण ९ ओभरमा छोट्याईएको खेलमा नेपाल पुलिसले दिएको ६७ रनको लक्ष्य प्रदेश एकले ८ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्यो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

प्रदेश एकको जितमा अंकित सुवेदीले १४ बलमा २६ तथा कप्तान सिद्धान्त लोहनीले १८ बलमा अविजित २५ रन बनाए । निरज मुखियाले ७ रन जोड्दा श्रवन यादवले अविजित ४ रनको योगदान गरे । पुलिसका लागि रशिद खान र योगेन्द्र सिंह कार्कीले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ९ ओभरमा ६ विकेट गुमाएर ६६ रन बनाएको थियो । पुलिसका लागि दिलिप नाथले १४ तथा रशिद खानले अविजित १४ रन बनाए । कप्तान अमित श्रेष्ठले ११ रन जोड्दा सुनिल धमलाले ८ रन जोडे ।

प्रदेश एकका लागि फ्रिदोश अन्सारी र सोनु मण्डलले समान २/२ तथा कमल खत्रीले १ विकेट लिए ।

६ टोली सहभागी यस प्रतियोगितामा प्रदेश एक र्शीष स्थानमा उक्लिएको छ । प्रदेश एक क्रिकेट संघको आयोजनामा जारी यस प्रतियोगिताको मंसिर १७ मा फाईनल खेल रहेको छ ।

प्रतियोगितामा २ भारतीय टोली, ३ विभागीय तथा १ आयोजक टोली सहित ६ टोलीको सहभागीता रहेको छ । प्रतिगोगितामा विभागिय टोलीहरु नेपाल एपीएफ क्लब,नेपाल पुलिस क्लब,त्रिभुवन आर्मी,ईस्ट सेन्ट्रल रेल्वे,ध्रुव क्रिकेट एकेडेमी र आयोजक प्रदेश १ को सहभागीता रहेको छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi