प्रधानमन्त्री कप:आर्मी र पुलिसको सुखद सुरुवात

0
51

काठमाडौं।नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि-२० राष्ट्रिय क्रीकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन।सोमबार सुरु भएको प्रतियोगितामा आर्मीले कर्णाली प्रदेश तथा पुलिसले सुदुरपश्चिम प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेका हुन।

सोमबार त्रिवि क्रीकेट मैदानमा भएको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्यो।आर्मीले दिएको १ सय १७ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १४.४ ओभरमा ५३ रनमा अल आउट भयो।कर्णालीका अर्जुन घर्तीले १६ र कप्तान रविन्द्र शाहीले १५ रन जोडे।अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन।

बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले ४ ओभरमा १५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।सुशान भारी र साहब आलमले २/२ विकेट लिए।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यसअघि टस हारेर ब्याटिङ थालेको आर्मी १९.१ ओभरमा १ सय १६ रनमा अल आउट भएको थियो।आर्मीका कप्तान विनोद भन्डारीले १७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २९ रन जोडे।हरि चौहानले २० तथा कुशल मल्ल र रोहित पौडेलले १०/१० रन जोडे।

बलिङतर्फ कर्णालीका प्रकाश जैशीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए।अनुज चुनाराले २ विकेट लिए।

त्यस्तै मुलपानी क्रीकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले सुदुरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको छ।पुलिसले दिएको ९४ रनको सामान्य लक्ष्य पछ्याएको सुदुरपश्चिम निर्धारित २० ओभर खेल्दै ९१ रनमा समेटियो।सुदुरपश्चिमका गजेन्द्र बोहोराले २७,नारायण जोशीले २२ र खडक बोहोराले १३ रन जोडे।

बलिङतर्फ पुलिसका आरिफ शेखले ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन जोडेको थियो।पुलिसका कुशल भुर्तेलले २१,पवन सरार्फले २० र आरिफ शेखले १० रन जोडे।

बलिङतर्फ सुदुरपश्चिमका आदित्य महताले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए।नारायण जोशीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi