फिफा विश्वकप २०२२ः कतारमा इतिहास रच्दै तीन महिला रेफ्री

0
70

कतारमा हुने फिफा विश्वकप २०२२ आगामी मेगा इभेन्टमा महिला रेफ्रीहरूले पुरुष विश्वकपमा डेब्यु गर्ने भएका छन् ।

यो पटकको बिस्वकपमा तीन महिला रेफ्रीले पहिलोपल्ट विश्वकपको खेल खेलाउने भएका छन् । यसको अर्थ योपटक विश्वकप खेलाउने महिला रेफ्रीलेहरुले नयाँ विश्व कीर्तिमान पनि बनाउदै साथमा नयाँ इतिहास रच्नेछन्। जसमा फ्रान्सकी स्टेफेनी फ्रापार्ट, रुवान्डाकी सलिमा मुकानसन्गा र जापानकी योसिमी यामाशिता महिला रेफ्री रहेका हुन्।

विश्व फुटबल महासंघ फिफाले अहिलेसम्म ३६ रेफ्रीको सूची सार्वजानिक गर्दा तीन महिलाले स्थान बनाउन सफल भएका छन् ।तेसै गरि साहायक रेफ्रि तर्फ ६९ जनाको नामा समेटिँदा तीन महिला सहायक रेफ्री पनि छन्। सहायक महिला रेफ्रीमा ब्राजिलकी नुजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथरन नेस्बिट रहेका छन् ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

फिफाको रेफ्री कमिटीका प्रमुख पियरलुइजी कोलिनाले लिङ्गका आधारमा हुने भेदभाव र चर्चाको अर्थ नरहने जनाएका छन् । उनले छनोट गरिएका रेफ्रिहरु उम्दा भएर विश्वकपका लागि छानिएको बताइन्। ३८ वर्षीय फ्रापार्ट लिग–वानको खेल खेलाइसकेकी छिन्। साथै महिला विश्वकपसमेत खेलाइसकेकी छिन्। फ्रापार्टपछि यामाशितापनि एक अनुभवि रेफ्रीकी रुपमा रहदै आएकी छिन् ।

जापानी फुटबलमा उनले निकै राम्रो छवि बनाएकी छिन्। जापानमा पुरुष फुटबल खेल समेत खेलाइसकेकी छन् । सन् २०१९ को एसियन च्याम्पियन्समा उनले पुरुष फुटबलमा आफ्नो भुमिका निभाउँदै पहिलो महिलाको उपमासमेत पाएकी हुन्। अर्कोतर्फ ३४ वर्षीया मुकानसन्गापनि उतिकै क्षमता वान रहेकी छिन्। उनलाई विश्वकपमा बोलाउँदै गर्दा उनले गत जनवरीमा पुरुषको अफ्रिकी कप अफ नेसन्स खेलाएकी थिइन्। उनको खेलाउने शैलीको खुलेर प्रसंशा भयो। तर उनी सर्वाधिक युवा रेफ्री हुन्।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi