फ्लप ब्याटिङको स्कटल्याण्डमा निरन्तरता

0
121

काठमाडौ । नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गत आफ्नो स्कटल्याण्ड भ्रमण सकेको छ ।

नामिबिया तथा घरेलु टोली रहेको सिरिजमा नेपालले चार खेल खेलेको थियो । जसमा घरेलु टोलीसँगको एक जितका साथ टोली स्वदेश फर्किने छ । असार २३ गते क्यानडामा तयारी सकेर नेपाली टोली स्कटल्याण्ड पुगेको थियो । असार २७ मा नेपालले नामिबियासँग पहिलो खेल खेल्यो । २२० रनको लक्ष्य पछ्याएको नेपाल १८० रनमा अलआउट भयो ।

असार २९ मा नेपालले घरेलु टोली विरुद्ध खेल्यो । यस सिरिजको पहिलो र एक मात्र जित पनि यसै खेलबाट निकाल्यो । नेपालको मजबुत बलिङ यस खेलमा पनि कायम रह्यो । तेस्रो खेलमा नेपालले नामिबियासँग खेल्दै पराजित भयो । चौथो र अन्तिम खेलमा पनि नेपाल पराजित भयो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

सय सिरिजमा नेपालको ब्याटिङ चल्न सकेन । खेलाडीहरुलाई क्रिजमा टिक्न कठिन भयो । ओपनर आसिफ शेख बाहेक अन्य ब्याट्यसम्यान पुरा फ्लप भए ।

यस लिग टूमा सात टोली सहभागी रहेका छन् । स्कटल्याण्ड सिरिज नेपालको पाचौं सिरिज रहेको थियो । नेपालले यस्ता नौं वटा सिरिज खेल्नु पर्नेछ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi