बंगलादेशमाथि पाकिस्तानको शानदार जित

0
76

एजेन्सी।घरेलु टोली बंगलादेश बिरुद्वको पहिलो टेष्टमा पाकिस्तानले शानदार जित निकालेको छ।आइतबार सम्पन्न पहिलो टेष्टमा बंगलादेशलाई पाकिस्तानले ८ विकेटले पराजित गरेको हो।

बंगलादेशले दिएको २ सय २ रनको लक्ष्य पाकिस्तानले २ विकेट गुमाएर पूरा गर्यो।पाकिस्तानका आबिद अलीले १ सय ४८ बलमा १२ चौकासहित सर्वाधिक ९१ रनको योगदान दिए।अब्दुल्लाह सफिक १ सय २९ बलमा ८ चौका र १ छक्कासहित ७३ रनमा आउट भए।अजहर अली २४ र कप्तान बाबर अजाम १३ रनमा अविजित रहे।

बलिङतर्फ बंगलादेशका तैजुल इस्लाम र मेहदी हसन मिराजले एकएक विकेट लिए।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

पहिलो इनिङ्समा ४४ रनको अग्रता लिएको बंगलादेशले दोस्रो इनिङ्समा १ सय ५७ रन बनाउदै २ सय १ रनको अग्रता बनाएको थियो।बंगलादेशका लिथन दासले ८९ बलमा ६ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिए।यसिर अली ३६,सैफ हसन १८,मुस्फिकर रहिम १६,नुरुल हसन १५ र मेहदी हसन मिराज ११ रनमा आउट भए।

बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले १५ ओभरमा ८ मेडन राख्दै ३२ रन खर्चेर ५ विकेट लिए।साजिद खानले ३ र हसन अलीले २ विकेट लिए।

पाकिस्तानले पहिलो इनिङ्समा २ सय ८६ रन जोडेको थियो।पाकिस्तानका ओपनर आबिद अलीले २ सय ८२ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक १ सय ३३ रनको योगदान दिए। अर्का ओपनर अब्दुल्लाह सफिकले १ सय ६६ बलमा २ चौका र २ छक्कासहित ५२ रनमा आउट भए।फहिम असरफ ८० बलमा ३ चौका र १ छक्कासहित ३८ रनमा आउट भए।

बलिङतर्फ बंगलादेशका तैजुल इस्लामले ४४.४ ओभरमा ९ मेडन राख्दै १ सय १४ रन खर्चेर ७ विकेट लिए।इबाडोट हसैनले २ र मेहदी हसन मिराजले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ थालेको बंगलादेशले पहिलो इनिङ्समा ३ सय ३० रन जोडेको थियो।बंगलादेशका लिथन दासले २ सय ३३ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक १ सय १४ रनको योगदान दिए।मुश्फिकर रहिम २ सय २५ बलमा ११ चौकासहित ९१ रनमा आउट भए।मेहदी हसन मिराज ६८ बलमा ६ चौकासहित ३८ रनमा अविजित रहे।

बलिङतर्फ पाकिस्तानका हसन अलीले २७ ओभरमा ८ मेडन राख्दै ७० रन खर्चेर ५ विकेट लिए।शाहिन शाह अफ्रिदी र फहिम असरफले २/२ विकेट लिए।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi