बंगलादेशमाथी श्रीलंकाको सहज जित

0
92

एजेन्सी।आइसिसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको छ।आइतबार भएको खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको हो।

बंगलादेशले दिएको १ सय ७२ रनको लक्ष्य श्रीलंकाले १८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।श्रीलंका चरिथ असलंका ४९ बलमा ५ चौका र ५ छक्कासहित ८० रनमा अविजित रहे।भानुका राजपक्षेले ३१ बलमा ३ चौका र ३ छक्का मद्दतले ५३ रनमा आउट भए।त्यस्तै पथुम निसंकाले २४,वानिन्दु हसरंगाले ६ र कुशल परेराले १ रन जोडे।

बलिङतर्फ बंगलादेशका नसुम अहमद र सकिब अल हसनले २/२ विकेट लिए।मोहम्मद सैयफुद्दिनको नाममा एक विकेट रह्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७१ रन जोडेको थियो।बंगलादेशका मोहम्मद नईमले ५२ बलमा ६ चौका सहित सर्वाधिक ६२ रनको योगदान दिए । मुश्फिकुर रहिम ३७ बलमा ५ चौका र २ छक्का सहित ५७ रनमा अविजित रहे । लिटन दास १६ र सकिब अल हसन र कप्तान महमूदुल्लाह रियादले १०-१० रन जोडे ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

बलिङतर्फ श्रीलंका चामिका करुणारत्ने, लाहिरु कुमारा र बिनुरा फर्नान्डोले एकएक विकेट लिए ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi