बसन्त र पृथुको उत्कृष्ट प्रदशनमा नेपाली राइनोज क्वाटरफाइनलमा

0
188

काठमाडौ।नेपाली क्रीकेट टोलीका ब्याट्सम्यान पृथु बासकोटा र स्पिनर वसन्त रेग्मीले उत्कृष्ट प्रदशन गरेपछि अमेरिकामा जारी एलए ओपन टि२० च्याम्पियनसिप अन्तर्गत नेपाली राइनोज अल स्टार्स क्वाटरफाइनलमा पुगेको छ।

शनिबार भएको क्वाटरफाइनलको पहिलो खेलमा नेपाली रसिनोजले आरडियु स्याम्प आर्मीलाई ४६ रनले पराजित गरेको हो।राइनोजले दिएको १७९ रनको लक्ष्य पछ्याएको आर्मी निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनमा समेटियो।आर्मीका एशले नर्शले ३६ बलमा ३ चौका र ८ छक्कासहित सर्वाधिक ७० रन जोडे।बलिङतर्फ राइनोजका वसन्त रेग्मीले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर २ विकेट लिए।तिमिल पटेल र अब्दुल्लाह घाजीले २/२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली राइनोजले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १७८ रन जोडेको थियो।नेपाली राइनोजका स्मिथ पटेल ६३ बलमा ११ चौका र २ छक्कासहित ९७ रनमा अविजित रहे।पृथु बासकोटाले २९,मुर्नाल पटेलले २४ र नयिम योंगले १६ रन जोडे।बलिङतर्फ आर्मीका एशले नर्शले २ विकेट लिए।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यस्तै शनिबार भएको अर्को खेलमा नेपाली राइनोजले प्रेरी भ्यु हरिकेन्सलाई ४८ रनले पराजित गर्यो।नेपाली राइनोजले दिएको सय ६८ रनको लक्ष्य पछ्याएको हरिकेन्स १७.४ ओभरमा १ सय १९ रनमा अल आउट भयो ।

हरिकेन्सका सकलैन हैदरले सर्वाधिक ६१ रन बनाए । नेपाली अल स्टार्सका वसन्त रेग्मीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । तिमिल पटेल र अब्दूल्लाह घाजीले २/२विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली राइनोजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । नेपाली राइनोजका कप्तान पृथु बासकोटाले ५६ बलमा ७ चौका र ३ छक्का सहित ७८ रनको अविजित रहे । स्मिथ पटेलले ४५ र नयिम योंगले २६ रन जोडे । 

२० टोलि सहभागी रहेको प्रतियोगितामा कुल २० टोलि सहभागी रहेका छन्। ५ दिन चल्ने प्रतियोगिताको विजेताले ७५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ।

Spread the News
  • 253
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi