बेनको किर्तिमानी शतकमा होबार्टले दियो २०७ रनको लक्ष्य

0
63

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्सले बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा आज आफ्नो सातौं खेलमा ५ खेलमा १ जितका साथ तालिकाको पुछारमा रहेको मेलवर्न रेनेगेट्ससॅंग अंक तालिकाको तेस्रो स्थानको टोली हरिकेन्सले २०७ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको सन्दिप आबद्ध होबार्डले निर्धारित २० ओभरमा विकेट गुमाएर रन बनायो। उसका बेन म्याकडमोटले लगातार दोस्रो खेलमा शतक बनाए। उनले ६५ बलमा १२७ रन बनाए यसमा ९ छक्का र ९ चौका रह्यो टिम डेविडले ३० रन बनाए भने पिटर ह्याड्सकमले २४ रन बनाउदा रेनेगेट्सका रिच टोप्ले २ विकेट लिए ।

बेनले लगातार दोस्रो खेलमा पनि शतक बनाउने किर्तिमान आफ्नो नाममा राखे।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

सन्दिपको टोली पछिल्ला दुई खेलमा विजयी भए पनि सन्दिपको प्रदर्शन खराब रहदै आएको छ।सन्दिप विगत ३ खेलमा विकेट विहिन त रहेका नै छन्। उनले धेरै रन पनि खर्चिएका छन्। सोहि कारण गत एडिलेट विरुद्धको खेलमा यिनले पुरा स्पेल बलिगं गर्न समेत पाएनन्।

सन्दिपले यो दोस्रो संस्करण होबार्टबाट खेल्न लागेका हुन् ।सन्दीपले गत संस्करण होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए ।यस संस्करण सन्दिपले ६ खेलमा मात्र २ विकेट हात पारेका छन्।

त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए । सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

८ टोली सहभागी यस प्रतियोगिता जनवरी २६ सम्म जारी रहनेछ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi