ब्याटिङ सधा झैं अब्बल डिफेन्डिङ च्याम्पियनको बारेमा

0
82

काठमाडौ।मंगलबार मात्रै महिना दिन लामो ओमान भ्रमण सकाएर फर्किएको नेपाली टोलीका सदस्यहरु आगामी ९ गतेबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग(ईपिएल)को अन्तिम तयारीका लागि आ आफ्नो फ्रेन्चाईजी टिमसॅंग जोडिसकेका छन्।

नेपाली क्रिकेटलाई पछ्याउने हरेक व्यक्तिका लागि चौथो संस्करणको ईपिएल पर्खाईको विषय बनेको छ। अन्तराष्ट्रिय क्रिकेटमा नाम कमाएका कयौं नाम यस ईपिएलमा जोडिनु तथा विश्वका १५० देशमा यस लिग प्रत्यक्ष देख्न पाउने व्यवस्थाले यस लिगको पर्खाईलाई अझ जोड दिएको छ।

गत संस्करणको च्याम्पियन टोली ललितपुर प्याट्रिएट्सको यस संस्करणमा समेत सोहि लय जारी राखी पुन: च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ। टोलीको सवल र दुर्वल पक्षका बिषयमा केही चर्चा तल गरिएको छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

सबल पक्ष:
टोलीको ब्याटिङ पक्ष चौथों संस्करणमा पनि बलियो देखिएको छ। दुई श्रीलंकन ब्याट्सम्यान ओशाडा फर्नान्डो र शन्दुन विराक्कोडीले श्रीलंकाको लागि खेलीसकेको अनुभव छ जसले टिमको माथिल्लो क्रमलाई बलियो बनाउनेछन्। अर्कोतर्फ कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल पनि माथिल्लो क्रममा बलियो रुपमा रहन्छन् भने मध्यक्रममा सन्दिप जोरा र योगेन्द्र सिंह कार्की भरपर्दो नाम हो भने पवन सर्राफ र सोनु तामागं तल्लो क्रममा मजबुत रुपले आक्रामक सट खेल्न सक्छन ।

राशिद खान र अफगानस्तानका अजमतुल्लाह ओमरजाई पनि तल्लो क्रममा लामो सट खेल्न सक्षम छन्। यसैले ललितपुरले यो सिजन सफलतामा ब्याटिंगले महत्वपूर्ण भूमिका रहने देखिन्छ।

टोलीमा अनुभवी स्पिनर ललिलनारायण राजवशी तथा युवा स्पिनर सुर्य तामागं पनि बलिया स्पिन हतियारका रुपमा रहेका छन्।

दुर्वल पक्ष :

टोलीमा अनुभबी तिब्र गतिका बलर नहुनु एक कमजोर पक्ष हो। राष्ट्रिय टोलीको एक पटक मात्र अनुभव लिएका रशिद खान तथा अफगानी ओमरजाईमा टोली बढी नै निर्भर रहेका कारण तिब्र गतिको पाटो टिमको बढी नै टाउको दुखाईको विषय रहने छ।

टोलीको सम्भावित अन्तिम ११ यसप्रकारको रहन सक्छ :
कुशल भुर्तेल, शन्दुन विराक्कोडी ,ज्ञानेन्द्र मल्ल, ओशाडा फर्नान्डो,सन्दिप जोरा, योगेन्द्र सिंह कार्की, पवन सर्राफ, सुर्य तामांग/नारायण जोशी/कमल खत्री, अज्मतुल्लाह ओमरजाई , ललित राजबंशी र राशिद खान

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi