भलिबलको पनि एनएसएल हुदै

0
133

काठमाडौं । नेपालमा पहिलो पटक भलिबलमा फेन्चाइज प्रतियोगिता हुने भएको छ । चौधरी ग्रुप अन्तर्गतको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा सो लिग हुनलागेको हो।

नेपाल सुपर लिग (एनएसएल ) फुटबल प्रतियोगिताको पहिलो संस्करण सफलता पुर्वक सम्पन्न भएसँगै सोही टोलीले भलिबलमा समेत फ्रेन्चाईजी मोडल भित्र्याउन लागेको हो ।

प्रतियोगिताको बारे थप तथा विस्तृत जानकारी आयोजक टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गर्नेछ । सोही समारोहमा नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट र नेपाल भलिबल संघबीच प्रतियोगिताको लागि सम्झौता पत्रमा हस्ताक्षर समेत हुदैछ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

नेपालको राष्ट्रिय खेल समेत रहेको भलिबलको ब्याबसाहिकतासँगै खेलाडी र खेलको विकाशका लागि कोशेढुङ्गा सावित हुने सोचका साथ यो प्रतियोगिता हुन् गईरहेको छ ।

Spread the News
  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi