भारतमा नेपाली क्रिकेट टोलीको हार

0
69

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको दिल्ली जिल्ला क्रिकेट एसोसियसन डीडीसीएसँग हार व्यहोरेको छ ।

बिहिवार भएको खेलमा नेपाल २ विकेटले पराजित भएको हो ।

नेपालले दिएको ३ सय ४ रनको लक्ष्य डीडीसीएले ४९।३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

उसका लागि सालिल मल्होत्राले ५३ रनको अर्धशतकीय इनिङ खेले । भैवब शर्माले ४४ रन जोड्दा एस वरदानले अविजित ४२ तथा धुर्ब कौशिकले ४१ रन बनाए ।

सक्षम शर्माले ३३ रन जोडे भने शिवम शर्माले ३१ रन बनाए । नेपालका कुशल भुर्तेलले ३ तथा नन्दन यादवले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले शतकीय ईनिङ खेले ।

कप्तान रोहितले १ सय ३५ बलमा ११ चौका र १ छक्काको सहयोगमा १ सय १३ रन तथा ऐरीले ६२ बलमा ८ चौका र ६ छक्काको सहयोगमा अविजित १ सय ९ रनको शतकीय ईनिङ खेले ।

हरिशंकर शाहले ३९ बलमा २५ तथा कुशल भुर्तेलले ३९ बलमा २१ रन बनाए । आरिफ शेखले अविजित १८ रन बनाए। नेपालका ओपनरद्वय आसिफ शेख तथा अर्जुन साउदलाई शुन्यमा गुमाएको नेपालले पुर्व कप्तान ज्ञानेन्द्र मल्ललाई पनि शुन्य रनमा गुमाएको थियो ।

डीडीसीएका लागि प्रिन्स यादवले ३ तथा मनिश सिरावतले २ विकेट लिए ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi