मलोर्कालाई हराउदै बिल्बाओ ला लिगाको शीर्षमा

0
21

एजेन्सी।रियल मलोर्कालाई पराजित गर्दै एथ्लेटिको बिल्बाओ स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।शनिबार राती घरेलु मैदानमा मलोर्कालाई २–० ले पराजित गर्दै बिल्वाओ शीर्षस्थानमा उक्लिएको हो ।

खेलको ६८औं मिनेटमा ड्यानियल भिभिएनले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए । ७४औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्वाओलाई २-० ले जिताए।

बिल्बाओ ४ खेलमा समान दुई जित र दुई बराबरीको नतिजा सहित ८ अंकसहित शीर्ष स्थानमा छ।एक खेल कम खेलेका रियल म्याड्रिड, सेभिया, भ्यालेन्सिया, बार्सिलोना र एट्लेटिको म्याड्रिडको ७ अंक छ।पहिलो हार बेहोरेको मलोर्काले ४ खेलमा ७ अंक जोडेको छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi