महिला प्रधानमन्त्री कप सुदुरपश्चिम छनोट:कैलाली र बैतडी विजयी

0
103

प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय क्रीकेट प्रतियोगिताको प्रादेशिक छनोट प्रतियोगिताको पहिलो दिन कैलाली र बैतडी विजयी भएका छन।

छनोट खेल अन्तर्गतको पहिलो खेलमा कैलालीले डडेल्धुरालाई १० विकेटले पराजित गर्न सफल भयो।डडेल्धुराले दिएको ३६ रनको सामान्य लक्ष्य कैलालीले ४.१ ओभरमा विनाविकेट पूरा गर्यो।कैलालीका रुवि पोदार १९ र शोभा रोकाया ५ रनमा अविजित रहे।

त्यसअघि टस जितेर ब्याटिङ थालेको डडेल्धुरा १२ ओभरमा ३५ रनमा अल आउट भएको थियो।डडेल्धुराकी मुना बोहोराले सर्वाधिक १६ रनको योगदान दिइन।अन्य ब्याट्सम्यानले राम्रो प्रदशन गर्न सकेनन।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

बलिङतर्फ कैलालीकी कप्तान कविता कुवरले ३ ओभरमा १ मेडन राख्दै ४ रन खर्चेर २ विकेट लिइन।लक्ष्मी साउद र मनिषा चौधरीले २/२ विकेट लिए।

त्यस्तै दोस्रो खेलमा बैतडीले डोटीलाई १ सय ७९ रनको फराकिलो अन्तरले पराजित गरेको छ।बैतडीले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको डोटी १२.१ ओभरमा २५ रनमा अल आउट भयो।डोटीका कुनैपनी ब्याट्सम्यानले राम्रो प्रदशन गर्न सकेनन।

बलिङतर्फ बैतडीकी कप्तान रितु कनैजियाले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर ४ विकेट लिइन।पूजा कार्कीले ४ ओभरमा ३ मेडन राख्दै ३ रन खर्चेर ३ विकेट लिइन।

त्यसअघि पहिले ब्याटिङ गरेको बैतडीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ४ रन जोडेको थियो।बैतडीकी भावना जोशी ४५ बलमा ६१ रनमा अविजित रहिन।कप्तान रितु कनौजिया १३ बलमा २३ रनमा अविजित रहिन।संगिता मौनी ५६ र मञ्जु बोकटी २३ रनमा आउट भए।

बलिङतर्फ डोटीकी रजनी केशी र करिश्मा खड्काले एकएक विकेट लिए।

दोस्रो दिनको पहिलो खेलमा डडेल्धुरा र बझाङ खेल्नेछन।त्यस्तै दोस्रो खेलमा कञ्चनपुर र डोटी खेल्नेछन।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi