माल्दिभ्स मैत्रीपुर्ण खेलमा विजयी

0
153

साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा रहेको आयोजक राष्ट्र माल्दिभ्सले मैत्रीपुर्ण फुटबल म्याचमा रोमाञ्चक जित हात पारेको छ ।

मंगलबार राती भएको मैत्रीपुर्ण फुटबल म्याचमा माल्दिभ्सले कतारको दोस्रो डिभिजनको टोली अल लुसैल स्पोर्टस क्लबमाथि ४–३ को जित निकाल्यो ।

माल्दिभ्सको जितमा अली हैसमले दुई गोल गरे भने अली अशफाक र अली फसिरले थप एक–एक गोल गरे ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

घरेलु मैदानमा आयोजना हुन गईरहेको साफ च्याम्पियनसिपको तयारी लागि माल्दिभ्स अहिले कतारमा रहेकोछ ।

अक्टुबर १ तारीखदेखि माल्दिभ्सको राजधानी माले सिटीमा शुरु हुन गईरहेको प्रतियोगितामा माल्दिभ्सले उद्घाटन खेलमै नेपालसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ ।
माल्दिभ्स साफ च्याम्पियनसिपको साविक विजेता समेत हो ।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi