यी हुन् हालसम्म भारत र पाकिस्तानबीच भएका ४ रोमाञ्चक खेलहरु

0
91

काठमाडौं । सन् २०११ को ३० मार्चमा चन्डीगढ विमानस्थलमा बिहान ६ बजेदेखि सबै व्यावसायिक उडानमा रोक लगाइयो । आकाशमा थोरथोरै ढिला गरी सुखाई-३० लडाकू विमान चक्कर लगाइरहेका थिए ।

शहरका चोकचोकमा प्रहरीसहित सुरक्षा बल तैनाथ थिए । अनि मोहाली क्रिकेट स्टेडियम शायद पहिलोपल्ट कुनै क्याम्पजस्तो बनेको थियो ।

संयोग नै यस्तो थियो । वानडे क्रिकेट विश्वकपको सेमिफाइनल हुँदै थियो, त्यो पनि भारत र पाकिस्तान बीच । भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको निम्तोमा इस्लामाबादबाट पाकिस्तानी प्रधानमन्त्री यूसुफ गिलानी पनि आउँदै थिए, म्याच हेर्न र मनमोहनसित त्यहीँ भेट गर्न ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

सन् २००७ को टी-२० विश्वकपमा दुवै टिमबीच भएको उपाधि भिडन्तको याद ताजै थियो । त्यो बेला भारतले च्याम्पियनसिप आफ्नो नाममा पारेको थियो । मोहालीको म्याचलाई कभर गर्न खटिएका पत्रकार पनि दबाबमा थिए । यति ठूलो म्याच, सँगै कूटनीतिक गतिविधिलाई समेत समेट्नै पर्ने थियो ।

क्वार्टरफाइनलमा भारतले बलियो अस्ट्रेलियाली टिमलाई पाखा लगाएको थियो । संसारका सबै टप क्रिकेट संवाददाता यो म्याचका लागि पुगिसकेका थिए । सचिन तेन्दुलकरको यो अन्तिम वर्ल्डकप थियो ।

युवराज सिंहदेखि लिएर कोहली र गम्भीरसम्मले भनिसकेका थिए, ‘प्रतिस्पर्धाका लागि हामी ज्यान दिएर खेल्ने छौँ ।’ पहिले ब्याटिङ गर्दै भारतले सचिनको ८५ रनको बलमा सात विकेट गुमाएर २ सय ६० रन बनाएको थियो । सचिन भाग्यशाली पनि थिए किनकि पाकिस्तानी फिल्डरहरूबाट चारपल्ट उनको क्याच छुट्यो ।

भारतीय बलरले उत्कृष्ट बलिङ गर्दै पाकिस्तानलाई लक्ष्यभन्दा २९ रन पहिल्यै पभिलियन फर्काइदिए । जाहीर खान, आशीष नेहरा, मुनाफ पटेल, रहभजन सिंह र युवराजले दुई/दुई विकेट लिएका थिए ।

यो हारको डेढ महिनापछि पाकिस्तानी कप्तान अफ्रिदीलाई कप्तानीबाट हटाइयो । लगत्तै उनले सन्न्यासको घोषणा गरे । सचिनले पनि यो विश्वकपदेखि नै एकदिवसीय क्रिकेटलाई ‘अलिविदा’ गरे ।

२०१२ टी-२० विश्वकप

पछिल्लो प्रतिस्पर्धाभन्दा अघिल्लो वर्ष दुवै टिमको भिडन्त श्रीलंकामा आयोजित टी-२० विश्वकपको ग्रुप म्याचमा भएको थियो । कोलम्बोका प्रेमदासा स्टेडियम यति भरिएको थियो, शहरमा बिहानैदेखि लामो जाम सुरु भएको थियो । करिब डेढ किलोमिटरसम्म पैदल हिँडेर मात्र दर्शक, पत्रकार रंगशाला पुग्न सक्थे ।

म्याचमा एक दिनअघि भारतीय टिमले कोलम्बोको अर्को स्टेडियम ‘पी सारा ओभल’ मा अभ्यास गरेका थिए । अभ्यासका क्रममा यो कुरामा थोरै तनाव देखिइरहेको थियो, वीरेन्द्र सहवागले नेटमा ब्याटिङ गरेका थिएनन् । केही पूर्वक्रिकेटरहरूले गम्भीर बिमारको उपचार गरी टिममा फर्किएका युवराज सिंहको फिटनेसमा पनि प्रश्न उठाएका थिए ।

पुरै टुर्नामेन्टमा टिम इन्डियाभित्र त्यो कुरा देखिएको थिएन, जो यसअघिको वर्ल्डकपमा थियो । तर, भारत-पाकिस्तानको म्याच त बिरलै नै हुन्छ ।

म्याचको एक दिनअघि टुर्नामेन्ट कभर गरिरहेका सबै पत्रकारहरूलाई तत्कालीन राष्ट्रपति महिन्द्रा राजपक्षेको प्यालेसमा डिनरमा बोलाइएको थियो ।

पूर्व पाकिस्तानी ब्याट्सम्यान एवं त्यसबेलाका पीसीबी अध्यक्ष रमीज राजा पनि त्यहाँ आएका थिए । कुराकानीका क्रममा उनले भने, ‘यसपल्ट टिमको बलिङसँगै ब्याटिङ पनि ध्यान दिनुहोला । म्याच विनर हो । इमरान नजिर, कप्तान मोहम्मद हफिज र नासिर जमशेद यही फर्म्याटका ठूला खेलाडी हुन् ।’

तर, म्याचमा यी तीन खेलाडीमध्ये कोही पनि खास चल्न सकेनन् । र, पाकिस्तानले दिएको १ सय २८ रनको लक्ष्यलाई भारतले १७ ओभरमै पूरा गरेको थियो । विराट कोहलीले ७८ को शाददार पारी खेलेर म्यान अफ द म्याच घोषित भए ।

२०१५, एकदिवसीय विश्वकप

भारत-पाकिस्तान म्याच सनसनीपूर्ण हुनेमा क्रिकेट आयोजकहरू प्रायः ढुक्क हुन्छन् । अस्ट्रेलियामा भएको विश्वकपमा दुवै टिमको पहिलो म्याच आपसमा भयो ।

सर डन ब्रेडम्यानको शहर, एडिलेडमा संसारभरबाट समर्थक पुगे । माहोल निकै रोमाञ्चक थियो । शहरको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टको जुन क्षेत्रका मानिसहरूले यसअघि शायदै रातको १२ बजे सडकमा ‘चक दे इन्डिया’ गीतमा मानिसहरू नाचिरहेको देखेका थिए ।

पाकिस्तानका समर्थक पनि अमेरिका, दुबईलगायत विभिन्न देशबाट त्यहाँ आइपुगेका थिए । सडक किनारमा रहेका बार, रेस्टुरेन्टमा बिहानैदेखि रौनक बढेको थियो ।

अस्ट्रेलियाबाट क्रिकेट म्याच कभर गर्नुको मजा बेग्लै छ । टिमले नेट प्राक्टिस फरक(फरक मैदानमा गर्छ, जहाँ खेलाडीलाई नजिकबाट जान्ने र बुझ्ने खास मौका मिल्छ । अनि आगामी रणनीतिसमेत बुझिन्छ ।

भारतले शायद पहिल्यै सोचेको थियो, यो महत्त्वपूर्ण म्याचमा टस जितेको स्थितिमा पहिले ब्याटिङ गरी ठूलो तार्गेट सेट गर्ने । विराट कोहलीको शतक र शिखर धवनबाट क्रिजमा मिलेको सपोर्टपछि पाकिस्तानले ३ सय १ को लक्ष्य पायो । तर, पाकिस्तान त्यो म्याचमा २ सय २४ रनमै समेटियो ।

२०१६, टी-२० विश्वकप

भारतमा टी–२० विश्वकप पहिले कहिल्यै भएन जबकि, आईपीएलको सुरुवात यही देशबाट भएको थियो, क्रिकेटको लोकप्रियता बढेको थियो । यो सत्य हो, जब टुर्नामेन्ट यहाँ आइपुग्यो, तब जितको आसका साथ भारत र पाकिस्तानका समर्थकलाई आपसी भिडन्तको प्रतीक्षा थियो ।

ग्रुप १० को म्याचमा दुवैबीच प्रतिस्पर्धा हुनेवाला थियो, इडन गार्डेन मैदानमा । पूर्व भारतीय कप्तान सौरभ गांगुली अहिलेसम्म पश्चिम बंगाल क्रिकेट प्रशासनमा उपस्थित भइसकेका थिए । यो म्याचसँग जोडिएको तयारीको जिम्मेवारी उनकै हातमा थियो ।

इडन गार्डेनमा ‘दादा’को दीप्ती अर्को मुख्य कुरा हो । म्याचको एक दिनअघि दुवै टिम ग्राउन्डको दुवै कुनामा नेट प्राक्टिस गरिरहेका थिए । र, सौरभ सुनिल आफ्नो रातो रङको मर्सिडिज कार आफैँ चलाउँदै स्टेडियमको बाहिरी भागमा उत्रिए । त्यसपछि नेट्स हेरिरहेका करिब डेढ सय दर्शक बाहिर सौरभसँग सेल्फी खिचाउन दौडिए ।

कमेन्ट्री टिमका सदस्य- वसीम अकरम, रमिज राजा, हर्षा भोगले पनि सौरभको साथमै मैदान आए । अनि सबै खेलाडीसँग भेट गरे । विराट कोहली र रोहित शर्माले निकै बेरसम्म सौरभसँग कुराकानी गरे ।

म्याच सुरु हुनुअघि अभिनेता अमिताभ बच्चनले एक लाख दर्शकका साथ राष्ट्रगान गाए । स्टेडियममा सचिन तेन्दुलकर पनि सबै मानिससँग सुर मिलाइरहेका थिए ।

वर्षातका माझ चलिरहेको म्याच १८/१८ ओभरमा छोट्याइएको थियो । पाकिस्तानले पहिले ब्याटिङ गर्दै भारतलाई १ सय १९ रनको लक्ष्य दिएको थियो ।

यसपल्ट पनि विराट कोहलीले एक उत्कृष्ट पारी खेले । उनले ३७ बलमा ५५ रन बनाए । र, भारतले दुई ओभर बाँकी छँदै लक्ष्य पूरा गर्‍यो । विराटले फेरि म्यान अफ म्याचको उपाधि हात पारे । -बीबीसी हिन्दी

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi