युनाइटेडको पुनरागमन जित

0
147

एजेन्सी।ईङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले टोली वेस्ट ह्याम युनाइटेडमाथि पूनरागमन जित निकालेको छ ।वेस्ट ह्यामको घरेलु मैदान लन्डन स्टेडियममा आइतबार राति भएको खेलमा युनाइटेडले वेस्ट ह्यामलाई २-१ ले पराजित गरेको हो।

खेलको ३०औं मिनेटमा सेड बेनरहमाले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए।३५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा पुर्याए।८९ औं मिनेटमा सब्सिच्युट जेसे लिंगार्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २-१ को अग्रता दिलाए।इन्जुरी समयको दोस्रो मिनेटमा पेनाल्टीमा नोबलको प्रहारलाई युनाइटेडका गोलरक्षक डेभिड डे हेयाले बचाउँदै युनाइटेडलाई २-१ को जित दिलाए।

त्यस्तै शनिबार राती नै भएको अर्को खेलमा चेल्सीले टोटनह्यामलाई ३-० ले पराजित गरेको छ।चेल्सीको जितमा थियागो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो रुडिगरले एक एक गोल गरे ।

जितपछी चेल्सी ५ खेलमा ४ जित र एक बराबरीसहित १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।लिभरपुल र म्यानचेस्टर युनाइटेडको पनि समान अंक भएपनी चेल्सी गोल अन्तरमा अघि छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi