युवा नेपाली खेलाडीमा बढी निर्भर चितवन टिम सम्भावित ११ सहित

0
181

काठमाडौ।मंगलबार मात्रै महिना दिन लामो ओमान भ्रमण सकाएर फर्किएको नेपाली टोलीका सदस्यहरु आगामी ९ गतेबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग(ईपिएल)को अन्तिम तयारीका लागि आ आफ्नो फ्रेन्चाईजी टिमसॅंग जोडिसकेका छन्।

नेपाली क्रिकेटलाई पछ्याउने हरेक व्यक्तिका लागि चौथो संस्करणको ईपिएल पर्खाईको विषय बनेको छ। अन्तराष्ट्रिय क्रिकेटमा नाम कमाएका कयौं नाम यस ईपिएलमा जोडिनु तथा विश्वका १५० देशमा यस लिग प्रत्यक्ष देख्न पाउने व्यवस्थाले यस लिगको पर्खाईलाई अझ जोड दिएको छ।

यस लिगका अघिल्ला संस्करणहरुमा मध्यम प्रदर्शन गरेको चितवन टाईगर्सले यस चौथो संस्करणको ईपिएलमा भने च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी गरिरहेको छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

घरेलु प्रतियोगितामा सफल रहेका युवा खेलाडीमा बढी बिश्वास दिलाएको चितवनका लागि बिस्फोटक ब्याट्सम्यान मोहम्मद साहजादको उपस्थितीले अनुभवको खडेरी तोड्न प्रयत्नशिल रहन्छ। यस टिमको सवल र दुर्वल पक्ष यसप्रकार रहेका छन् :

सवल पक्ष :
यस टोलीको सवल पक्ष मजबुत बिदेशी खेलाडी हुन् । वर्तमान समयको अफगानस्ताको क्रिकेटलाई यहा सम्म ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरेका मोहम्मद शाहजाद तथा टिट्वान्टी विश्वकपका हिस्सा रहेका अर्का अफगानस्तानका तिव्र गतिका बलर करिम जन्नत तथा श्रीलंका क्रिकेटका लागि ठुलाठुला मन्चमा आफुलाई प्रमाणित गरिसकेका शेकुगे प्रसन्ना पनि टिममा बलियो रुपमा रहन्छन्। राष्ट्रिय क्रिकेटमा उदाउदा गौतम केसी,देव खनाल,सन्दिप सुनार,भिम सार्की,खडक बोहोरा टिमको मजबुत पक्ष हो।

दुर्वल पक्ष :
युवा नेपाली खेलाडीहरुको उपस्थिति नै यस टिमको सबै भन्दा ठुलो दुर्वल पक्ष हो। युवा खेलाडीमा बढी निर्भर रहेको टिमको मध्य पक्तिं पनि बिना अनुभबी खेलाडीका कारण समस्या रहेको छ। टिमका कप्तान समेत रहेका तिब्र गतिका बलर सोमपाल कामीको नेपाली टिमका लागि पछिल्ला खेलहरुमा नजर लगाउने हो भने खासै उत्साहजनक प्रदर्शन नरहनु पनि टिमका लागि टाउको दुखाईको बिषय बनेको छ।

यस टिमको सम्भावित अन्तिम ११ यसप्रकार रहन सक्छ :
१)मोहम्मद शाहजाद
२)दिलिप नाथ
३)हसिम अन्सारी
४)शेकुगे प्रसन्ना
५)भिम सार्की
६)देव खनाल
७)सोमपाल कामी
८)करिम जन्नत
९)साहब आलम
१०)कमल सिंह ऐरी
११)गौतम केसी

चितवनको टिम भने यसप्रकारको रहेको छ :
सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, सन्दीप सुनार, देव खनाल, क्रिजन गुरुङ गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), वीरनदीप सिंह (मलेसिया)

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi