यु १९ एसिया कपको खेल तालिका तय

0
109

काठमाडौं । एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । खेल ५० ओरभको हुनेछ ।

समूह ‘बी’ अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल युनाईटेड अरब इमिरेट्सको शारजाहमा डिसेम्बर २३ तारिखमा हुने भएको छ ।
समूह ‘बी’ मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत रहेका छन् ।
समूह ‘ए’ मा भने आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।
प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ ।
नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ ।
दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ ।
फाइनल भने जनवरी १ मा हुने तालिका रहेको छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi