यूएईमाथि नेपाल ३ विकेटले विजयी

0
46

काठमाडौं । घरेलु टोली नेपालले यूएईविरुद्धको दोस्रो खेलमा ३ विकेटको जित निकालेको छ ।

बुधबार यूएईले दिएको १९२ रनको लक्ष्य पछाएको नेपालले नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर १ सय ९३ रन बनाएर पूरा गर्यो ।

नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको योगदान दिए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

यस्तै आरिफ शेखले अविजित ३३ रनको योगदान दिदा सोमपाल कामी १६ रनमा अविजित रहे ।

कुशल भुर्तेल ३५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले २६ रन बनाए ।

दीपेन्द्र सिंह ऐरीले १३ रन जोड्दा कप्तान रोहित पौडेलले ८ रन जोडे ।

आशिफ शेखले ६ रन जोडे भने अर्जुन साउदले सुन्य रन बनाए ।

युएईका रोहन मुस्तफाले ३ तथा हजरत बिलालले २ विकेट लिए । बसिल हामिदले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनाएको थियो ।

युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै अलिशन शराफुले ३५ रन जोड्दा भ्रित्य अरबिन्दले २५ रन जोडे ।

बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ तथा बिष्णु शुकुमारनले १५ रन बनाए ।

युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र ललित राजवंशीले ३/३ विकेट लिए ।

करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi