यू-१९ राष्ट्रिय क्रिकेट : सुदुरपश्चिमको विजयी सुरुवात

0
29

काठमाडौं । सुदुरपश्चिम प्रदेशले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहिवार त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो पहिलो खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको १ सय २८ रनको लक्ष्य सुदुरपश्चिमले २६.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । सुदुरपश्चिमको जितमा मिलन बोहोराले ४७ बलमा ४२ तथा दिपक बोहोराले १६ बल तथा दिपक बोहोराले २४ बलमा समान २०/२० रन बनाए । सुनिल चन्दले अविजित ११ रन जोड्दा विशाल ऐरले ९ रनको योगदान गरे ।

कर्णालीका लागि अनुज चुनाराले ३ तथा सन्दीप शाही र मोहन विकले समान १र१ विकेट लिए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३२.३ ओभरमा अलआउट हुदै १ सय २७ रन बनाएको थियो । कर्णालीका लागि दिनेश अधिकारीले ३२ बलमा अविजित ३५ रन जोडेका थिए ।

सुवास ऐरले ३० तथा कप्तान विपीन रावलले १९ रन जोडेका थिए । आवाश शाहले १५ रन जोड्दा उसका ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदुरपश्चिमका लागि मिलन बोहोराले ३ तथा नरेन साउद २ विकेट लिएका थिए । हेमन्त धामी र कैलाश ऐरले समान १र१ विकेट लिएका थिए ।

प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi