रोनाल्डो र मेस्सी एकै विज्ञापनमा

0
34

काठमाडौं । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो र अर्जेटिनाका कप्तान लियोनल मेस्सी पहिलो पटक एकै विज्ञापनमा देखिएका छन् ।

दुबै स्टार खेलाडी लुइस वुइटनको ‘लक्जरी’ कपडाको विज्ञापनमा देखिएका हुन् । रोनाल्डो र मेस्सीले सामाजिक सञ्जाल इन्स्टाग्राममा चेस खेल्दै विज्ञापन गरेका छन् ।

सदावहार को उत्कृष्ट भनेर मेस्सी र रोनाल्डोबीच चर्चा हुने गर्दछ । विज्ञापनमा भने पहिलो पटक दुबै खेलाडी चेकदार सुटकेसमा चेस खेलिरहेका छन् । यो खेल कस्ले जित्यो त्यो भने लेखिएको छैन । दुबै खेलाडी हाल कतार विश्वकपका लागि दोहामा छन् । विश्वफुटबलको स्टार खेलाडी द्वयको लागि यो नै अन्तिम विश्वकप हुने मानिएको छ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi