रोहित र कुशल चम्कँदा अमेरिकामाथि नेपालको जित

0
198

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटमा हराएको हो ।

ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा अमेरिकाले जितका लागि दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा लक्ष्य पूरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेललले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । ९३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यस्तै ८७ बल खेलेका रोहितले २ चौका र ३ छक्काको सहयोगमा ६२ रन बनाए ।

बलिङतर्फ अमेरिकाका लागि निसागर पटेल र नाठुस कन्जिगेले समान दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन बनायो ।

अमेरिकाका लागि पटेलले शतकीय पारी खेले । ११४ बल खेलेका उनले ९ चौका र १ छक्काको सहयोगमा १०० रन बनाए ।

त्यस्तै निसागर पटेलले २१ रन बनाए । बलिङतर्फ नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र शुशन भारीले समान दुई–दुई विकेट लिए । त्यस्तै कुशल मल्लले एक विकेट लिए ।

नेपालले सिरिज अन्तर्गत भोली (मंगलबार) ओमानसँग खेल्नेछ ।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi