ललितपुर मेयर कप क्रीकेट : कप्तान सीता रानामगर र मञ्जु बोकटी चम्किदा नेपाल एपीएफ र सुदुरपश्चिम प्रदेशको विजयी सुरुवात

0
31210

चैत्र,२१,काठमाडौ।
नेपाल क्रीकेट संघको आयोजना तथा ललितपुर उपमहानगरपालिकाको संरक्षणमा आजदेखी काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा सुरु भएको प्रथम ललितपुर मेयर महिला च्याम्पियनसिपको पहिलो दिनको पहिलो खेलमा नेपाल एपीएफले प्रदेश नम्बर एकलाई ८ विकेटले तथा दोश्रो खेलमा सुदुरपश्चिम प्रदेशले ललितपुर मेयर एघारलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भएका छन्।
प्रतियोगिताको पहिलो दिनको पहिलो खेलमा प्रदेश नम्बर एकले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप, प्रदेश एकले निर्धारित २० ओभरमा ४ विकेटको क्षति मात्र १०६ रन जोड्नसक्यो।ब्याटिङतर्फ प्रदेश नम्बर एककी कप्तान रुविना क्षेत्रीले ४८ बलमा सर्वाधिक ४५ रन बनाउदा रोमा थापाले ४२ बलमा ३३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकिनन।बलिङतर्फ नेपाल एपीएफका लागि करुणा भण्डारी ४ ओभरमा १५ रन,कप्तान सीता रानामगर ४ ओभरमा २५ रन,रेखा रावल ३ ओभरमा १ मेडेनसहित ७ रन तथा विनु बुढामगरले २ ओभरमा १० रन खर्चंदै समान १/१ विकेट लिन सफल भइन।
१०७ रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको नेपाल एपीएफले निर्धारित २० ओभरको खेलमा १८ ओभर खेल्दै २ विकेटको क्षति १०७ रन बनाउदै रोमाञ्चक ८ विकेटको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भएको छ।ब्याटिङतर्फ नेपाल एपीएफकि कप्तान सीता रानामगरले ५० बलमा अविजित ५२ रनको महत्त्वपूर्ण अर्धशतकिय पारी खेल्न सफल हुँदा ज्योति पाण्डेले ४० बलमा महत्त्वपूर्ण ३२ रन बनाउन सफल भइन।बलिङतर्फ प्रदेश नम्बर एकका लागि कप्तान रुविना क्षेत्री ४ ओभरमा १२ रन तथा संगिता राइले ४ ओभरमा २४ रन खर्चंदै समान १/१ विकेट लिन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकिनन।
प्रतियोगिताको पहिलो दिनको पहिलो खेलमा नेपाल एपीएफले ८ विकेटले जित्न सफल भएको छ।उक्त खेलकी वुमन अफ दी म्याच नेपाल एपीएफकि कप्तान सीता रानामगर घोषित हुन सफल भइन।

आजै भएको दोश्रो खेलमा ललितपुर मेयर एघारले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप, ललितपुर मेयर एघारले निर्धारित २० ओभरमा ५ विकेटको क्षति मात्र १०७ रन जोड्नसक्यो।ब्याटिङतर्फ ललितपुर मेयर एघारकि कञ्चन श्रेष्ठले ५६ बलमा अविजित ६३ रनको महत्त्वपूर्ण अर्धशतकिय पारी खेल्न सफल हुँदा सुमन खतिवडा १७ बलमा १६ रन तथा अश्मिना कर्माचार्यले २३ बलमा १३ रन बनाउन सफल भइन।बलिङतर्फ सुदुरपश्चिम प्रदेशका लागि कविता कुँवर ४ ओभरमा १३ रन,कप्तान रितु कनोजिया ४ ओभरमा १७ रन तथा सम्झना खड्काले ४ ओभरमा ३३ रन खर्चंदै समान १/१ विकेट लिन सफल भइन।
१०८ रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको सुदुरपश्चिम प्रदेशले निर्धारित २० ओभरको खेलमा १९ ओभर खेल्दै ३ विकेटको क्षति ११३ रन बनाउदै रोमाञ्चक ७ विकेटको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भएको छ।ब्याटिङतर्फ सुदुरपश्चिम प्रदेशका लागि मञ्जु बोकटीले ४२ बलमा सर्वाधिक ४१ रन बनाउदा डलि भट्ट १४ बलमा अविजित २२ रन,रेवती धामी ४० बलमा १८ रन तथा कविता जोशीले १० बलमा अविजित १० रन बनाउन सफल भइन।बलिङतर्फ ललितपुर मेयर एघारका लागि आरति विडारी ४ ओभरमा २२ रन तथा सुमन खतिवडाले ४ ओभरमा ३९ रन खर्चंदै समान १/१ विकेट लिन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकिनन।
प्रतियोगिताको पहिलो दिनको दोश्रो खेल सुदुरपश्चिम प्रदेशले ७ विकेटले जित्न सफल भएको छ।उक्त खेलकी वुमन अफ दी म्याच सुदुरपश्चिम प्रदेशकि मञ्जु बोकटी घोषित हुन सफल भइन।

Spread the News
  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi