लामिछाने युएईको भाईपर्स टोलीमा अनुबन्ध

0
131

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछाने युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल लिगमा डेजर्ट भाईपर्स टोलीमा अनुबन्ध भएका छन् ।

लामिछानेलाई टोलीमा अनुबन्ध गरेको ईमिरेट्स क्रिकेट बोर्डले जानकारी दिएको छ । यस टी-ट्वान्टी लिगको मार्की खेलाडीको रुपमा उनी अनुबन्धित भएका हुन् ।प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुवरी १२ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ ।

प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउने छन् । जसमा १२ विदेशी खेलाडी राख्न पाईनेछ ।यस्तै हरेक टोलीले तीन जना यूएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू-२३ टिमका खेलाडी अनिवार्य गरिएको छ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

प्लेईङ-११ मा भने कम्तिमा एक जना युएई र एसोसियट राष्ट्रका खेलाडी हुनु पर्नेछ ।यस टोलीमा कोलिन मुन्रो,टोम करन,शेल्डन कट्रेल,वानिन्दु हसरंगा,एलेक्स हिल्स,अजाम खान,साम विलिंस तथा सफियान रादरफर्ड रहेका छन् ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi