लिगको तयारी तिव्र

0
146

जेठमा नेपाली क्रिकेटलाई नयाँ युगमा प्रवेश गराउने नेपाल टी-ट्वान्टी लिगको सुरुवात गर्ने औपचारिक घोषणा भयो ।

लिग विगत केही बर्ष यता चर्चाको बिषय रहेको थियो । तर, यसले औपचारिकता पाउन सकेको थिएन । यस लिगको पहिलो संस्करण आगामी असोज ८ बाट कार्तिक ५ गतेसम्म हुदैछ । प्रतियोगिता आयोजनाका लागि अब ४6 दिन मात्र बाकी रहेको छ ।

वर्षाको मौसम रहेका कारण मैदान सुधारको काममा केही व्यबधान भएको छ ।तर, यो कार्य जारी रहेको यस लिगको गर्भनिङ काउन्सिलका एक सदस्यले बताए । उनका अनुसार खेलाडी ड्राफ्टको काम अन्तिम चरणमा पुगेको र चाडै नै खेलाडी ड्राफ्ट हुने समेत बताए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

‘लिग सुरु हुन धेरै समय बाकी नरहेकोले यसका लागि चाहिने हरेक काम तिब्र गतिमा भईरहेको छ ।’ उनले बताए ‘समय कम रहे पनि तयारीका लागि यो हाम्रो लागि पर्याप्त हो । हरेक समर्थकलाई गर्व गर्न लायकको प्रतियोगिता बनाउने हाम्रो प्रयत्न रहेको छ ।’

क्यान के कस्तो लिग गराउदै छ भनेर बाहिर बढि चर्चाको बिषय बनाउने भन्दा पनि गरेर देखाउन चाहान्छ । उनले भने ‘केही वर्षमा पूरा विश्वमा त नसकिएला तर एसोसिएट र केहि कमजोर टेस्ट राष्ट्रहरुमा यो लिग स्तरिय र फरक हुनेछ ।’

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi