लिग हेर्न खोप कार्ड अनिवार्य

0
55

काठमाडौं । सहिद स्मारक ए डिभिजन फुटबल लिगका खेल हेर्न जाने दर्शकले कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा देखाउनु पर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटीले ए डिभिजनका खेलहरु मैदानमा हेर्न जाने दर्शकले खोपकार्ड देखाउनु पर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि यस्तो निर्णय लिइएको कमिटीले जनाएको छ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

खोपकार्ड भएपनि खेल हेर्न मैदानमा जानु अघि दर्शकहरुको तापक्रम समेत नापिनेछ ।

ए डिभिजनअन्तर्गत शुक्रबारबाट नवौं चरणका आजबाट सुरु भइरहेका छन् ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi