लुकाकुको दुई गोलमा चेल्सीको सहज जित

0
64

एजेन्सी।बेल्जियमका फरवार्ड रोमेलु लुकाकुको दुई गोल गरेपछी ईङ्लिस प्रिमियर लिगमा चेल्सीले सहज जित निकालेको छ।घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीले एस्टन भिल्लामाथि ३–० को सहज जित निकालेको हो।

खेलको १५औं मिनेटमा रोमेलु लुकाकुको गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।दोस्रो हाफको ४९ औं मिनेटमा माटियो कोभासिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लुकाकुले ब्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३-० ले विजयी बनाए।

जितपछी चेल्सी ४ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा छ।शीर्ष स्थानको म्यानचेस्टर युनाईटेडको पनि १० अंक भएपनी गोल अन्तरमा युनाइटेड भन्दा चेल्सी पछि छ।पराजित एस्टन भिल्ला ४ अंकसहित १२औं स्थानमा छ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi