लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनामाथी बार्यनको सहज जित

0
97

एजेन्सी।यूईएफए च्याम्पियन्स लिग २०२१–२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा बायर्न म्युनिखले बार्सिलोनालाई पराजित गरेको छ ।मंगलबार राती भएको समूह ई अन्तर्गतको खेलमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्यनले बार्सिलोनालाई ३-० ले पराजित गरेको हो।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले २ तथा टोमस मुलरले १ गोल गरे।खेलको ३५ औं मिनेटमा टोमस मुलरले गोल गर्दै बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए।

५६ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे ।८५ औं मिनेटमा लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई ३-० को सहज जित दिलाए।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

यसै समूहको अर्को खेलमा डिनामो किएभ र बेन्फिकाले गोलरहित बराबरी खेलेका छन।योसँगै समूह ई मा बार्यनको ३ अंक भएको छ।डिनामो किएभ र बेन्फिकाको एकएक अंक भएको छ।त्यस्तै बार्सिलोनाले अंकवीहिन छ।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi