वाग्मतीको दोस्रो जित

0
61

काठमाडौ।वाग्मती प्रदेशले प्रधानमन्त्री कप टि-२० राष्ट्रिय क्रीकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ।शुक्रबार टियु क्रीकेट मैदानमा सम्पन्न खेलमा प्रदेश दुईलाई ५ विकेटले हराउदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

प्रदेश दुईले दिएको १ सय ५६ रनको विजयी लक्ष्य वाग्मतीले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।वाग्मतीका तल्लोक्रमका ब्याट्सम्यान प्रतिश जिसी ७ बलमा ३ छक्कासहित २२ रनमा अविजित रहे।इशान पान्डेले ३२,लकी कठायतले २८,सुभाश खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले २०/२० तथा नन्दन यादवले अविजित १५ रन जोडे।

बलिङतर्फ प्रदेश दुईका जितेन्द्र यादवले २ विकेट लिए।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यसअघि टस जितेर ब्याटिङ थालेको प्रदेश दुईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन जोडेको थियो।प्रदेश दुईका ओपनर हरिशंकर शाह ५४ बलमा ५ चौका र १ छक्कासहित ५६ रनमा अविजित रहे।कप्तान हासिम अन्सारी १७ बलमा ३ छक्कासहित २६ रनमा अविजित रहे।विवेक यादवले १७ बलमा १ चौका र ३ छक्कासहित २८ रन जोडे।

बलिङतर्फ वाग्मतीका रिजन ढकाल र विपिन आचार्यले दुईदुई विकेट लिए।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi